पोखरा स्थित जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेको भीड

पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार सवारीसाधनको लागि  पास लिनेको भीड लागेको छ  ।

स्वास्थ्य, खानेपानी, दुग्ध, पोल्ट्री, इन्टरनेट र टेलिफोन सेवा प्रदायक आदि सँग सम्बन्धीत कामदार, कर्मचारी तथा व्यवसायीहरु आफ्नो गाडी रोकिएको भन्दै सवारी पास लिन पुगेका हुन् ।

कार्यालयमा पुगेका कतिपयले आफुहरु पोखरामा अलपत्र परेको भन्दै  घर फर्किनको लागी सवारी  पास दिन आग्रह समेत गरेका थिए ।

सरकारले सोमबार लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले समेत सूचना जारी गर्दै मंगलबारबाट एक साता सम्मका लागि अत्यावश्यक अवस्थामा बाहेक सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले यस अघि २५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन् नपाउने भनि निर्णय समेत गरेको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button