सिड्नीमा ग्याङ्गफाइट, एक नेपाली युवाको मृत्यु

अस्ट्रेलिया। अस्ट्रेलियाको दक्षिण सिड्नीमा दुई समूहबीच भएको ग्याङ्गफाइटमा एक नेपाली युवाको मृत्यु भएको छ । शनिबार बिहान अन्दाजी ३:१५ बजे त्यहाँको फरेस्ट रोडस्थित एक होटलमा रक्सी खाइरहेका दुई समूहबीच झगडा शुरु भएको थियो ।

झगडाबीच कुटाकुट पछि दुई युवक चोटसहित भाग्दै निस्केको र रेलवे परेड नजिकै घाँसमा ढलेको सिड्नी प्रहरीले उल्लेख गरेको छ । कुटाकुटबाट एक युवकको टाउकोमा गम्भीर चोट लागेको थियो भने अर्का युवकको पनि अनुहारमा चोट लागेको जनाइएको छ ।

घाइते दुवैलाई आकस्मिक सेवा बोलाएर सेन्ट जर्ज अस्पताल लगिएकोमा गम्भीर घाइते भएका २३ वर्षीय अमित कार्कीको उपचारका क्रममा निधन भएको हो । कार्की चार वर्ष अघि पढाइको सिलसिलामा अस्ट्रेलिया पुगेका थिए ।

घटना पछि प्रहरी कुटपिटमा संलग्न २१,२४,२५ र २७ वर्षका चार युवकलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button