कार्गो कन्टेनरमा ६४ जना मृत फेला

मोजाम्बिक। मोजाम्बिकमा मङ्गलबार एक कार्गो कन्टेनरमा ६४ जना आप्रवासी मृत फेला परेका छन् ।

मलावीबाट अवैध आप्रवासी ओसारेको आशंकामा एक ट्रकलाई मोजाम्बिकको दक्षिण पश्चिमी टेटे प्रान्तमा रोकेर चेकजाँच गर्दा ६४ जना मृत फेला परेको जनाइएको छ ।

ट्रकले बोकेको निलो कन्टेनरबाट १४ जनाको भने जीवितै उद्धार गरिएको छ । उनीहरुको मृत्युको कारण निस्सासिएर भएको हुन सक्ने त्यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीले दाबी गरेका छन् ।

मृतकहरु इथियोपियाबाट आएको हुनसक्ने जनाइएको छ । अफ्रिकाको सर्वाधिक विकसित मुलुक दक्षिण अफ्रिका छिर्नका लागि लिसोथो, जिम्बावे, इथियोपिया जस्ता गरिब मुलुकबाट आप्रवासीहरु मोजाम्बिकको बाटो हुँदै अवैध तरिका प्रयोग गरेर आउने गर्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button