कोरोनालाई यशुले घुडाँ टेकाउने भन्दै भ्रम फैलाउने पास्टर पोखरामा पक्राउ

पोखरा । कोरोना भाइरस (कोभीड-१९) लाई यशुले घुडाँ टेकाउने भन्दै भ्रम फैलाउने एक पास्टर पोखरामा पक्राउ परेका छन्

विश्वव्यापी महामारीको रुप धाराण गरेको कोरोना भाइरसको सन्त्रासको फाइदा उठाउदै धर्म प्रचार प्रसार गर्ने हेतुले यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने प्रशस्त कटली मण्डलीका पास्टर ३२ बर्षीय केशव आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भन्दै भ्रम फैलाउने जुम्ला घर भइ  पोखरा -३२ खुदी स्थित सुकुम्बासी टोल बस्दै आएका आचार्यलाई  उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई आचार्यलाई मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । आचार्यले यस अघि फुकेरै रूमालबाट पायल्सबाट निको बनाइदिने भन्दै प्रवचन दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button