भारत आज मध्यरातदेखि २१ दिन पुर्ण लकडाउनमा

भारत। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज मध्यराति देखि २१ दिनम्म देश पुर्णकालीन लकडाउनमा प्रवेश गर्ने घोषणा गरेका छन् ।

आज साँझ देशको नाममा सम्बोधन गर्दै मोदीले अब २१ दिनका लागि देश पुर्ण लकडाउनमा जाने घोषणा गरेका हुन् । मोदीले लकडाउनको विकल्प नरहेको बताउँदै लकडाउनलाई हल्का रुपमा नलिन पनि चेतावनी दिएका थिए ।

उनले कोरोना सामु विश्वका कैयौं शक्तिशाली राष्ट्र निरीह साबित भएको र भारतमा पनि कोरोना संक्रमण बिस्तारै बढ्दै गएकाले पुर्ण लकडाउन गर्न आवश्यक रहेको बताएका हुन् ।

मोदीले लकडाउन गरेर सामाजिक दुरीलाई कायम राख्न असफल नरहे भारतले ठूलो मुल्य चुकाउनु पर्ने पनि बताए । उनले लकडाउनले देशलाई आर्थिक रुपमा ठूलो नोक्सान गर्ने भए पनि जनताको सुरक्षाका लागि अनिवार्य रहेको पनि उल्लेख गरेका थिए । मोदीले अब २१ दिन जनताले आफ्नो व्यवस्थापन गर्न नसके देश २१ वर्ष पछि पर्ने प्रतिक्रिया दिएका थिए ।

सामाजिक सञ्जाल मार्फत अनावश्यक हल्ला नफैलाउन पनि मोदीले अपिल गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button