१८ गतेसम्म लकडाउन आदेश अनिवार्य पालना गर्न कास्की प्रशासनको आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा प्रशासनले जारी गरेको आदेशलाई पालना गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

प्रशासनले मंगलबार साँझ विज्ञप्ति मार्फत कास्की जिल्लावासिहरुलाई धन्यवाद ज्ञापन गर्दै लकडाउन सम्बन्धी आदेशको १८ गतेसम्म अनिवार्य पालना गर्ने भनेको हो ।

प्रशासनले १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण जिल्लाबासिलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको प्रशासनले जनाएको छ । जिल्लामा स्वास्थ्य सुरक्षा लागायतका अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य निजि तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस अवधिमा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सामग्रीहरुको निर्वाध रुपमा आपूर्तिको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

प्रशासनले अत्यावश्यक सेवामा संलग्न रहने सेवाप्रदायक तथा सवारी चालकले सवारी पास लिनु नपर्ने जनाएको छ । तर यस्ता सेवामा संलग्न सम्पूर्णलाई आफ्नो परिचयपत्र सहितका प्रमाणहरु साथमा राखी पेशागत मर्यादा पालना गर्न प्रसाशनले आग्रह गरेको छ ।

प्रशासनले विज्ञप्ति मार्फत अत्यावश्यक सामग्रीहरुको बिक्री वितरण यथावत राख्न सम्पूर्ण व्यवसायीलाई आग्रह गर्दै सर्वसाधारणलाई आफ्नो नजिकको पसल वा स्थानबाट भिडभाड नगरी खरिद गर्न आग्रह समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button