कोरोनाविरुद्ध लड्न ट्रम्पले मागे दक्षिण कोरियाको सहयोग

पोखरा न्यूज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध लड्न दक्षिण कोरियासँग सहयोग मागेका छन् ।

२३ मिनेट लामो फोनवार्तामा ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग बचेखुचेको स्वास्थ्य सामाग्री सहयोग गर्न अनुरोध गर्दै ती सामाग्रीलाई एफडिएबाट स्वीकृत गर्नसमेत आफुले भुमिका खेल्ने आश्वासन दिएका हुन् । मुनले जवाफमा दक्षिण कोरियाले बाकिँ रहेको स्वास्थ्य सामाग्री तथा आफुसक्दो सहयोग गर्ने बताएका थिए ।

एकैदिन कोरोना संक्रमण पुष्टि भएका दुई देशको हालको अवस्था बिल्कुल विपरीत छ । अमेरिकामा संक्रमितको संख्या ५० हजार नाघ्दा कोरियाले भने संक्रमितको संख्या १० हजार भन्दा तल नै राख्न सफल भएको छ । त्यस्तै अमेरिकामा ७ सय ८२ को मृत्यु भइसक्दा कोरियामा १ सय २६ जनाको भाइरसबाट मृत्यु भएको छ ।

कोरोनाको संक्रमण देखिनासाथ कोरियाले युद्धस्तरमा परीक्षण तथा कोरोना संक्रमितको विगत ट्रेस गरेको थियो जसले गर्दा कोरियाले विश्वव्यापी प्रशंसा बटुलेको थियो । अमेरिकाले भने संक्रमित भेटिएपछि पनि निकै कम परीक्षण गरेको थियो भने लकडाउन पनि संक्रमण फैलिएपछि मात्र गरेको थियो ।

यता आफ्ना सामाग्री अमेरिकी बजारमा प्रवेश पाउने ट्रम्पको आश्वासन पाएसँगै दक्षिण कोरियाका स्वास्थ्य सेवा उत्पादक कम्पनीको सेयर भाउ चुलिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button