कोरोनाको महामारी : घरमै बस्न सबैलाई खबरदारी 

महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त छ । चीनको वुहान प्रान्तबाट फैलिन शुरु गरेको यो संक्रमण अहिले तीव्र रुपमा विश्वव्यापी हुँदै गएको छ । यो विपतबाट अहिले सबैभन्दा बढि पीडित यूरोपेली राष्ट्र इटाली बनेको छ । त्यहाँ यो संक्रमणबाट मर्नेको संख्या अन्य देशहरुको तुलनामा उच्च रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । छिमेकी देश भारतमा पनि यो संक्रमण फैलिँदै जाँदा यसबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि त्यहाँको सरकारले जनता कर्फ्यू लागु ग¥यो । त्यसपछि यसलाई थप प्रभावकारी बनाउन भारत सरकारले देशव्यापी २१ दिने ‘लक डाउन’ कार्यक्रमको समेत घोषणा गरेको छ । नेपाल सरकारले पनि सतर्कता अपनाउँदै चैत्र ११ देखि १८ गतेसम्मको लागि देशभर ‘लक डाउन’ आदेश गरेको कुरा विदितै छ ।

धेरैलाई यो लागेको हुनसक्छ कि केवल संक्रमित भएको मान्छे मात्र घरबाट बाहिर ननिस्कने हो, अरु स्वस्थ मान्छे बाहिर निस्किए केही हुँदैन । यदि यस्तो कसैले सोचेको छ भने ऊ भयंकर भ्रममा छ । कोरोना सर्ने भनेकै तपाई बाहिर अरु व्यक्तिको सम्पर्कमा आएपछि नै हो ।

सरकारको यो घोषणानुसार अत्यावश्यक सेवाका लागि बाहेक सर्वसाधारणलाई घरबाट निस्कन बन्देज गरिएको छ । विशेषज्ञहरुको सुझाव अनुसार कोरोना विरुद्धको यो लडाइँमा हालसम्म मानवजातिसँग भएको सबैभन्दा बलियो र भरपर्दो हतियार भनेकै मानिस–मानिसबीचको भौतिक दुरी बढाउनु हो र घरमा बस्नु नै हो । धेरैलाई यो लागेको हुनसक्छ कि केवल संक्रमित भएको मान्छे मात्र घरबाट बाहिर ननिस्कने हो, अरु स्वस्थ मान्छे बाहिर निस्किए केही हुँदैन । यदि यस्तो कसैले सोचेको छ भने ऊ भयंकर भ्रममा छ । कोरोना सर्ने भनेकै तपाई बाहिर अरु व्यक्तिको सम्पर्कमा आएपछि नै हो । जबकि तपाइको सम्पर्कमा आएको व्यक्ति त्यसबेला स्वस्थ देखिएको हुन सक्छ । उसमा कुनै पनि रोगको लक्षण देखिएको हुँदैन । तर उभित्र कुनै अर्को संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको कारणले कोरोनाको भाइरस प्रवेश गरिसकेको हुनसक्छ । तसर्थ तपाइको असावधानीले भाइरस तपाइकै  घरभित्र समेत प्रवेश गर्न सक्छ ।

सरकारले घरमै बस्न गरेको यो आग्रहलाई पूर्ण रुपमा पालना गर्नु नै एक जिम्मेबार नागरिकको कर्तव्य हो ।

त्यसैले यसबेला खाद्यान्न वा औषधी खरिद गर्ने लगायतका अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कनु नै बुद्धिमानी हो । बाहिरबाट आइसकेपछि साबुनपानीले राम्ररी हात धुन भने बिर्सनु हुँदैन । सरकारले घरमै बस्न गरेको यो आग्रहलाई पूर्ण रुपमा पालना गर्नु नै एक जिम्मेबार नागरिकको कर्तव्य हो । भारतमा जनता कर्फ्यू लागु भएको अवधिमा पनि सडकमा मानिसहरु निष्फिक्रि आवत जावत गरेको देखेपछि चिन्तित हुँदै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले घर बाहिर ननिस्कन खबरदारी सहित जोडदार अपील गरेका छन् । यसमध्ये भारतीय सिने क्षेत्रका चर्चित कलाकारहरु काजोल, अक्षय कुमार, सलमानखान आदिले पनि भिडियो मार्फत जनतालाई लक डाउन अवधिभर बाहिर ननिस्कन गम्भीरतापूर्वक अपील गरिरहेका छन् । नेपालमा पनि लक डाउनको अवधिमा शहर बजारका सडक एवं गाउँघरका चोक–चौतारामा मानिसहरु लापरवाह हिँडेको र भेला भएको देखेर सामाजिक सञ्जालमा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा घण्टादेखि १ हप्तासम्म बाँच सक्छ । यो लक डाउनको अबधिमा साबुन पानीले हात धुने,  साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्याण्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ ।”

साहित्यकार एवं जनस्वास्थ्य विज्ञ समेत रहनु भएका डा. रवीन्द्र पाण्डे यो भाइरसको प्रकृतिका बारेमा सचेत गराउँदै सामाजिक सञ्जाल मार्फत सबैलाई यसरी आग्रह गरेका छन् “कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउँदैन । हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो । तसर्थ घरमै बसौँ । कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा घण्टादेखि १ हप्तासम्म बाँच सक्छ । यो लक डाउनको अबधिमा साबुन पानीले हात धुने,  साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्याण्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ ।”

इटाली मात्र होइन यूरोप र अमेरिका समेत यो संक्रमणबाट आत्थुआत्थु भएका छन् । यसको अर्थ यो होइन कि उनीहरुको सार्वजनिक स्वास्थ्य गएगुज्रेको छ । बरु संसारकै बलियो स्वास्थ्य सेवामा सन्दर्भमा तिनै देशको नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त हाम्रा नेताहरु उपचारका लागि तिनै देश धाउने गरेको कुरा हामीबाट लुकेको छैन । यति हुँदै हुँदै पनि अहिले ती देशहरुले समेत तहलाउन नसकेको यो रोग हाम्रो जस्तो कमजोर स्वास्थ्य सेवा भएको देशमा फैलियो भने अवस्था कस्तो होला ?

कोरोना भाइरसका बोरमा चेतनामूलक भिडियो सामाग्रीका साथमा प्रस्तुत भएकी नेपाली चलचित्र जगतकी प्रसिद्ध नायिका रेखा थापा सबैलाई आशावादी एवं जिम्मेवार हुन तथा अफवाह प्रति पनि सचेत रहन आग्रह गर्दै लेख्छिन् “हरेक विपत्ति, त्रासदी र प्रतिकुलतालाई जितेर मानव जीवनले अझ उन्नत र नौलो दिन देखेको छ, देखि रहने छ । अफवाह र हल्ला होइन जिम्मेवार सजगता अपनाऔँ , जहाँ छौँ आफुले सक्ने जिम्मेबारी लिऔँ ।”

नेपालमा अहिले यो रोगको परीक्षण गर्ने किट र स्वास्थ्यकर्मीहरुले लगाउने सुरक्षित परिधानको समेत पर्याप्त उपलब्धता नभएको कुरा आएको छ । अहिले विभिन्न ठाउँमा उपचारका लागि अस्थाइ अस्पताल, क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउने क्रम त बढेको छ तर ती ठाउँहरु आफैँमा कति सुरक्षित र गुणस्तरीय छन् भन्ने प्रश्नमा सन्तुष्ट हुन सकिने जवाफ भने मिलेको छैन ।

नेपाली साहित्यको जगतमा चर्चित पाठशाला उपन्यासका लेखक तीर्थ गुरुङ विशेषगरी बृद्धबृद्धा एवं नियमित औषधी सेवन गरिरहेका व्यक्तिहरुको विषयमा चिन्ता गर्दै फेसबुकमा लेख्छन् “तपाईँका परिवार, आफन्त वा छिमेकमा त्यस्ता व्यक्ति पनि हुन्छन् जो आजीवन औषधी खाइरहेका छन्, अङ्ग प्रत्यारोपण गरेर रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधी नियमित लिइरहेका हुन्छन् । उमेर ढल्किसकेका आमाबाबुहरुको पनि रोगसँग लड्ने क्षता धेरै हुँदैन । अहिले त्यस्ता व्यक्तिहरुको जीवन चरम जोखिममा छ । हाम्रो हतियार भनेको अरु व्यक्तिबाट टाढा बस्नु, साबुन पानीले नियमित हात धुनु र घरमा बस्नु त हो नि ।”

इटालीमा लकडाउनको अवज्ञा मूल समस्याको रुपमा रहेको हुँदा रोगको संक्रमण र मृत्युको बढ्दो अवस्था घटित हुन पुगेको ठानिन्छ ।

यस्तो अवस्थामा हामीले रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई थप सुरक्षित राख्न जरुरी छ । उनीहरुलाई सुरक्षित भएको भरोस दिँदै आत्मबल बढाउन पर्ने खाँचो देखिन्छ । बालबालिकाहरुलाई पनि घरमै खेल्न र उनीहरुको सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।
लामो समय कानूनी क्षेत्रमा रहेर योगदान पु¥याएका पूर्वमहान्यायाधिवक्ता राघवलाल वैद्यले सरकारको कदमलाई समर्थन गर्दै त्यसको उचित पालना आवश्यक भएको कुरा इटालीको उदाहरणलाई समेतलाई औँल्याउँदै सामाजिक सञ्जालमा लेखेका छन् “सरकारले १८ गतेसम्मको लकडाउनको जनु निर्णय लिएको छ त्यो अत्यन्त जरुरी थियो त्यसको कडाइका साथ पालना आवश्यक छ र जनताले पनि आफ्नो तर्फबाट सहयोग पु¥याउन पर्छ । इटालीमा लकडाउनको अवज्ञा मूल समस्याको रुपमा रहेको हुँदा रोगको संक्रमण र मृत्युको बढ्दो अवस्था घटित हुन पुगेको ठानिन्छ ।”

सरकारले आव्हान गरेको लकडाउन जनताले सहयोग गरेसम्ममात्र सफल हुने हो । अवज्ञा गर्दै जाने र त्यही लापरवाहले महामारी फैलिने र ज्यान जाने स्थिति आयो भने नेपाल सरकारले मात्र केही गर्न सक्दैन । हामीलाई हाम्रो सरकारको हैसियत र काम गर्न सक्ने क्षमता थाहा नभएको पनि हैन ।

मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले पनि भिडियो मार्फत स्वास्थ्यकर्मीको परिवारको अपिल भन्दै भिडियो मार्फत यस्तो आग्रह गरेकी छिन् “पेशाले मेरो श्रीमान चिकित्सक हुनुहुन्छ । हामीहरु सबै घरमा सुरक्षित छौँ । तर अस्पतालबाट घरमा आउँदा श्रीमानले आफू संक्रमित हुन्छु भन्दा पनि परिवारलाई संक्रमण सार्छु कि भन्ने चिन्ता गर्नुहुन्छ । किटाणु घरभित्र आफैँ प्रवेश गर्ने होइन आफैँले बाहिरबाट लिएर आउने हो । त्यसैले यस्तो अवस्थामा जोखिम कम गर्नको लागि सबैजना घरभित्रै बसेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।”

सुरक्षाका सिमित स्रोत साधनहरुको बाबजुद पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु समेत हामी जनताकै स्वास्थ्यका लागि अहोरात्र खट्न प्रतिबद्ध भएका छन् । उनीहरुको पनि हाम्रो जस्तो बहुमूल्य जीवन हो । उनीहरुको पनि घर परिवार छ । यस अवस्थामा हामीले घरमै बसेर सहयोग गर्ने र उनीहरुहरुको हौसला बढाउने काम गर्ने हो ।

कोरोना संक्रमणको जोखिमका कारण बाहिर हिँडडुल गर्न नमिल्ने भएकोले घरभित्रै बसेर सुरक्षित हुनलाई हो नकि भेटघाट गर्न, तास खेल्न, जमघट गर्न होइन ।

लक डाउनको अवधिमा भएको लापरवाहीलाई इङ्गित गर्दैै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पनि आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् “हो, हामीलाई घरभित्र बस्न गाह्रो भयो, हामीमध्ये कतिलाई छटपटि पट्यारलाग्दो पनि भयो होला तर सम्झनोस् कोरोनाको कहर यो भन्दा पनि पीडादायि हुन्छ । उस्तै परे ज्यान पनि जान सक्छ । अहिले लकडाउनका कारण तपाइलाई अफिसले छुट्टि दिएको बिदा मनाउन होइन । कोरोना संक्रमणको जोखिमका कारण बाहिर हिँडडुल गर्न नमिल्ने भएकोले घरभित्रै बसेर सुरक्षित हुनलाई हो नकि भेटघाट गर्न, तास खेल्न, जमघट गर्न होइन । त्यसैले लकडाउनको अबज्ञा नगरि जिम्मेबार नागरिक बनौँ ।”

इतिहासले पनि यही बताउँछ कि मानवजातिले हरेका संकटमा आफ्नो चेतनाको बलबाट आफ्नो समाजलाई सुरक्षित राख्न सफल भएको छ । र यसको पनि ढिलोचाँडो निदानको उपाय निस्केला नै तर अहिलेको समयमा हामीसँग एकान्तवास बाहेक कुनै औषधी उपलब्ध छैन ।

जसरी बनमा डढेलो लगाउन एउटा सानो झिल्को काफि हुन्छ, त्यस्तै यो महामारी फैलिनलाई पनि एकै जनाको लापरवाही काफि छ । र यो शुरु भएको पनि एकैजनाबाट हो । त्यसबखत संक्रमित हुनेलाई थाहा थिएन कि ऊ आफुँ कस्तो प्रकारको भाइरसबाट ग्रसित छ भन्ने कुरा । अहिले हामीले पत्ता लगाइसकेका छौँ । रोगको पहिचान भइसकेको छ । समस्या के हो भन्ने पत्ता लागेपछि त्यसको समाधान पनि अवश्य पत्ता लाग्नेछ । इतिहासले पनि यही बताउँछ कि मानवजातिले हरेका संकटमा आफ्नो चेतनाको बलबाट आफ्नो समाजलाई सुरक्षित राख्न सफल भएको छ । र यसको पनि ढिलोचाँडो निदानको उपाय निस्केला नै तर अहिलेको समयमा हामीसँग एकान्तवास बाहेक कुनै औषधी उपलब्ध छैन । यो सच्चाइलाई हरेक नागरिकले आत्मसात गर्न जरुरी छ ।

लकडाउनको यथोचित पालना नभएको प्रति चिन्ता प्रकट गर्दै सञ्चारकर्मी समा थापाले सामाजिक सञ्जालमा लेखेकी छिन् “विदेशबाट आएका क्वारेन्टाइनमा बस्न पर्ने नियम हामी पालन गर्दैनौँ, भीडमा हिँड्न हामीले छाडेका छैनौँ, बन्द गर्न मिल्ने पसल, अफिस खुला छन् । यी सब गरेर हामी कसलाई मूर्ख बनाउँदै छौँ ? सरकारलाई ? आफूलाई वा आफ्ना प्रियजनलाई ?”

श्रमजीवीहरुलाई यो लकडाउनले निश्चयनै बढि प्रभाव पारेको छ । रोगको भय भन्दा पनि भोकको भयले उनीहरुलाई सताएको छ ।

यस घडिमा सबैभन्दा महत्वपूर्ण कुरा र भुल्नै नहुने विषय भनेको आयस्तर कमजोर भएका व्यक्तिहरुको संरक्षण हो । आज काम गरेर भरे खाने गरेका श्रमजीवीहरुलाई यो लकडाउनले निश्चयनै बढि प्रभाव पारेको छ । रोगको भय भन्दा पनि भोकको भयले उनीहरुलाई सताएको छ । यस अवस्थामा हामीले आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि तत्पर हुनुपर्दत साथै यसका सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सम्बोधन गर्नका लागि दवाव समेत दिनुपर्दछ ।

यसै सन्दर्भमा चर्चित गायक प्रकाश सपुतले पनि सामाजिक सञ्जालमा तस्वीर सहित “गाउँको क्वारेन्टाइन । घरमै बसौँ । सुरक्षित बसौँ । भनी पोष्ट गरेका छन् ।” लकडाउनमा खासगरी आर्थिक रुपमा विपन्न वर्गका मानिसहरुको अवस्थाका बारेमा चिन्तित हुँदै उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै २ लाखको सहयोगको घोषणा पनि गरेका छन् ।

अतः तपाई हाम्रो एउटा हेलचक्राइँमात्रले पनि परिवार मात्र नभइ सिङ्गो देशलाई यो संक्रमणले आक्रान्त पार्न सक्छ । र फेरि पनि तपाइलाई अनुरोध छ, घरमै बसौँ । कोरोनाबाट बचौँ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button