नेपालमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप एकजनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण प्रयोगशालामा गरिएको परीक्षणबाट एक पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

नेपालमा अहिलेसम्म ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस अघि २ दिन अघि मात्र एक किशोरीमा  कोरोना संक्रमण पुष्टि भएको थियो । चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा कोरोनाको संक्रमण देखा परेपछि सरकारले नेपालमा एक साता लकडाउन को घोषणा गरिसकेको छ  ।

त्यस अघी माघ ९ गते चीनबाट आएका एक विद्यार्थीमा देखिएको कोरोना संक्रमण हटिसकेको जनाइएको छ ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button