कास्कीमा क्वारेन्टाइनमा राखिएका एक व्यक्तीको मृत्यु

पोखरा । कास्कीमा मंगलबारबाट क्वारेन्टाइनमा बसेका एक व्यक्तीको मृत्यु भएको छ ।

कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका ५० वर्षीय ब्यक्तीको उपचारका लागि पोखरा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बुधवार क्वारेन्टाइन स्थल मै बेहोश भएका उनलाई  उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

उनमा यस अघि नै मुटु र कलेजो सम्बन्धी समस्या रहेकाले उनको मृत्यु पहिले कै समस्याले गर्दा भएको हुन् सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनी क्वारेन्टाइनमा रहुन्जेलसम्म कोरोना भाइरसको कुनै लक्षण नदेखिएको अध्यक्ष ओझाको भनाइ छ ।

१२ दिन अघि भारतबाट आएका उनी मंगलबारबाट मात्र क्वारेन्टाइनमा बसेको रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।

पोखरेलका अनुसार गाउँपालिकाले देउराली विश्व शान्ति स्तुपमा तयार पारेको क्वारेन्टाइनमा विभिन्न देशबाट आएका २४ जना व्यक्तिहरु रहेका छन् ।

यो पनि पढ्नुहोस् :

कास्कीमा मृत्यु भएका व्यक्तिमा कोरोन संक्रमण पुष्टि गर्न नमुना काठमाण्डौ पठाइयो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button