लकडाउनको दोस्रो दिन पोखरामा २ सय भन्दा बढी सवारीसाधन नियन्त्रणमा

पोखरा । कास्की प्रहरीले बुधबार पोखरा क्षेत्रमा लकडाउन उल्लंघन गर्ने २ सय भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकार तथा स्थानीय प्रशासनले गरेको आग्रहलाई वेवास्ता गर्दै पोखरा क्षेत्रमा चलाइएका २ सय भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

लकडाउनको पहिलो दिन बर्तमान अवस्थालाई कम आकलन गरेर सामान्य चाडबाडको विदा जस्तो सोचेर बढी सवारी चलाएको भएपनि सोमबार त्यसको संख्या घटेको पाइएको एसपी कार्कीले बताए । ‘हिजोको तुलनामा आज निकै कमले सवारी चलाएको पाइयो’, ‘एसपी कार्कीले भने, ‘अझै केही व्यक्तिहरुले रमाइलो को रुपमा लिएर बहानाबाजी गरेको पाइयो, हामीले त्यो नियन्त्रण गर्दैछौं।‘ आदेश विपरित सवारी चलाउनेलाई कानुन अनुसार कारबाही गरिने उनले जनाए ।

कास्की प्रहरीले मंगलबार ३ सय ७५ वटा मोटरसाइकल , स्कुटर लागायतका साना सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

पोखरा लगायत कास्कीमा अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, औषधि, ग्यास तथा पेट्रोलियम पदार्थ लगायत पशुपंछीको दानाको ओसारपसार गर्ने सवारीसाधनलाई निर्वाधरुपमा संचालन गर्न दिइएको एसपी कार्कीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button