कोरोना मानव जातिकै लागि खतरा, स्पेन र इटालीमै २४ घण्टामा १३ सय बढीको मृत्यु

पोखरा न्यूज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कोरोना भाइरस सम्पुर्ण मानव जातिकै लागि खतरा बनेको र सबै मिलेर यसलाई प्रत्याक्रमण गर्नु पर्ने बताएका छन् ।

कोरोना महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय मानवतावादी संघसंस्थालाई २ बिलियन डलर सहयोगको अपिल गर्दै गुटेरेजले यस्तो बताएका हुन् ।

कोरोनाविरुद्ध लड्न गरिब राष्ट्रहरुको क्षमता बढाउन भन्दै संयुक्त राष्ट्रसंघले उक्त अपिल गरेपछि मात्रै विश्वभर कोरोनाबाट हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेन र इटालीमा मात्रै पछिल्लो २४ घण्टामा १३ सय ३९ ले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट हालसम्म ४ लाख ७१ हजार ३६ जना संक्रमित भइसकेका छन् भने २१ हजार २ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button