कास्कीमा मृत्यु भएका व्यक्तिमा कोरोन संक्रमण पुष्टि गर्न नमुना काठमाण्डौ पठाइयो

पोखरा । उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउदै गर्दा बुधवार मृत्यु भएका व्यक्तिमा कोरोन संक्रमण पुष्टि गर्न नमुना काठमाण्डौ पठाइएको छ।

बाह्र दिन अघि भारतबाट आइ मंगलबारबाट रुपा गाउँपालिकाले देउराली विश्व शान्ति स्तुपमा तयार पारेको क्वारेन्टाइन बसेका ५० वर्षीय एक व्यक्ति बेहोस भई उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएपछी उनमा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि नमुना संकल गरेर काठमाण्डौ पठाइएको हो ।

कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका ब्यक्तीको उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएपछि कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकल गरेर पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले पोखरा न्यूजलाई जानकारी दिए ।

हालसालै भारतबाट नेपाल आएका उनी पहिलेदेखि मुटुको रोगी रहेको भनिएतापनि अहिलेको अवस्थालाई ख्याल गर्दै घाँटीको स्वाब निकालेर काठमाडौं पठाइएको निर्देशक डा. शर्माले बताए। उनले भने, ‘उहाँ जसको मृत्यु भएको छ, उहाँ भारतबाट आएर क्वारेन्टाइनमा समेत बसिरहेको अवस्थामा कोरोनाको संक्रमण हो की भन्ने आशंका जनमानसमा समेत उत्पन्न भएकाले नमुना संकलन गरेर आजै काठमाण्डौ पठाएका छौ।‘

मृतक व्यक्तिसहित तिन जनाको नमुना संकलन गरेर बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा पठाइएको बताउदै निर्देशक डा. शर्माले तिन दिन भित्रमा परीक्षणको नतिजा आउने जानकारी दिए । फ्रान्सबाट कतार हुँदै बागलुङ पुगेकी बागलुङ नगरपालिकाकी एक महिला तथा पोखरास्थित सिवेक हस्पिटलबाट एक जनाको कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाइएको निर्देशक डा. शर्माले बताए ।

कास्कीमा क्वारेन्टाइनमा राखिएका एक व्यक्तीको मृत्यु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button