भारतमा लकडाउनमा दूध किन्न निस्केका युवाको प्रहरीको लाठीचार्जबाट मृत्यु !

भारत । भारतको पश्चिम बङ्गालमा लकडाउनको बेला दूध किन्न निस्केका एक युवाको प्रहरीको लाठीचार्जबाट मृत्यु भएको छ ।

पश्चिम बङ्गालस्थित हाउराका ती ३२ वर्षीय युवक बुधबार दुध किन्न घर बाहिर निस्केको बेला प्रहरीले सडकको भीड हटाउने क्रममा लाठीचार्ज गरेको जनाइएको छ ।

सोही लाठीचार्जबाट लाल स्वामी नाम गरेका ती युवकको ज्यान गएको उनको परिवारले दाबी गरेको छ । उनलाई तुरुन्तै स्थानीय अस्पताल लगिए पनि अस्पतालले स्वामीलाई मृत घोषित गरेको थियो ।

प्रहरीले भने स्वामीको मृत्यु कुटाईबाट नभई मुटु सम्बन्धी रोगबाट भएको दाबी गरेको छ । पश्चिम बङ्गाल लगायत सम्पुर्ण भारतमा कोरोना भाइसर फैलिन नदिन २१ दिने लकडाउन घोषणा गरिएको छ । अहिलेसम्म पश्चिम बङ्गालमा कोरोना भाइरसबाट १ जनाको मृत्यु भएको छ भने १० जनामा संक्रमण देखा परिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button