पोखरामा किटनाशक औषधी छर्कन शुरु

पोखरा । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधी छर्कन शुरु गरेको छ ।

महानगरको न्युरोडस्थित कार्यालयबाट किटनाशक औषधी छर्न शुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न शुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए ।

मेयर जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह गरेका छन् ।

महानगरमा पहिलो चरणमा १ सय लिटर उक्त किटनाशक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरिद गरी मुख्य मुख्य स्थानमा किटनासक औषधी छरिने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए । उनले विशेष गरी यो किटनासक औषधी अस्पताल र सार्वजनिक स्थल जहाँ भीडभाड बढी हुन्छ त्यहाँ छर्किने बताए ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कसैले पोखरा महानगरपालिकालाई सत्बुध्दि देओस । सार्वजानिक स्थानमा किटनासक बिशादिको प्रयोगले झन अर्को ठुलो समस्या ल्याउन सक्छ । डिसइनफेक्टेन्ट (Disinfectants) र किटनासक बिशादि (pesticides) भनेको फरक यौगिक हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button