ज्ञान घिसिङको शितल चौतारी गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पोखरा । अमेरिकामा रहेका गायक ज्ञान घिसिङले हालै आफ्नो पहिलो डेब्यु एल्वम ’सम्भव’ सार्वजनिक गरे । यस एलबम भित्र ६ वटा गीत संग्रहित  छन् । ६ वटा गीत मध्य ४ वटा गीतमा स्वयम् गायक घिसिङको स्वर र संगीतमा रहेको छ ।

४ वटा युगल गीत रहेको एलबममा गायक घिसिङलाई निर्मला घिसिङ, मेलिना राई र दिपा लामाले स्वरमा साथ् दिएका छन । सोही एलबममा रहेको ‘शितल चौतारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गीतमा शब्द गायक घिसिङको रहेको छ भने संगीत ओम सुनारको हो । आवाज ज्ञान घिसिङ र दिपा लामाको सुन्न पाइन्छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

भिडियो आर्कषक बनेको छ । म्युजिक भिडियोमा स्वयम् गायक घिसिङ र रक्षा श्रेष्ठ फिचर्ड छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई पवन सुवेदीले सम्पादन गरेका हुन् । सागर लामा ’गोले’ र माधव श्रेष्ठले भिडियो कोरियोग्राफी गरेका हुन् । शिव बिकको निर्देशनमा भिडियो तयार भएको हो । हाईलाईट्स नेपालको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्राप्त भैरहेको छ ।

गायक घिसिङले ७ वर्षको उमेरमा नै भुटानमा ब्राशब्याण्डमा काम गरेका थिए । भुटानमा चलेको राजनीतिक आन्दोलनका कारण ४ वर्ष उनले आफ्नो पढाई समेत छोड्न पर्यो पछि उनि नेपालमा सन् १९९२ मा आफ्नो परिवार सहित शरणार्थी शिविरमा बस्न थाले । झापाको शरणार्थी शिविरमा हुर्किएका घिसिङले दमक मोडल कलेजबाट आफ्नो स्नातक पुरा गरेका छन् । गायक घिसिङले अमेरिकामा शिक्षक, ईण्टरटेनर , व्यवसायीको रुपमा काम गर्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button