कास्की प्रहरीलाई ८ लिटर सेनिटाइजर सहयोग

पोखरा ।  चलचित्र पत्रकारहरुको संस्था चलचित्र पत्रकार संघ नेपाल कास्कीले सेनिटाइजर सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको हो ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरी सहित संघका सह-सचिव सन्तोष बस्याल, सदस्य प्रेम थापा, सदस्य आशिष पुरीको सहभागितामा ८ लिटर सेनिटाइजर एक कार्यक्रमकाबिच प्रहरीलाई हस्तान्तरण गरियो ।

सेनेटाइजर ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता राजकुमार केसीले प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमै प्रयोग गरिने बताए । चलचित्र पत्रकार संघ कास्कीले सह्रानिय काम गरेको बताउँदै उनले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजरको प्रयोग गर्ने बताए ।

होममेड सेनिटाइजर फार्मेसिस्ट शान्ती उदासको प्रशिक्षणको आधारमा तयार गरिएको चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष गिरीले बताए । चलचित्र पत्रकार संघले मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र ध्यानमा नराखी सामाजिक गतिविधिमा सक्रिय बन्ने गिरीको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीमा चलचित्र क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार आवद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button