कोरोना तथ्यांक : इटालीमा प्रति एक लाख जनसंख्यामा १ सय २३ कोरोना संक्रमित

इटाली।  विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले कैयौं देशमा निकै विध्वंसात्मक अवस्था निम्त्याएको छ । भाइरसको उद्गम मानिएको चीन देखि युरोपका कैयौं देश र अमेरिका पनि कोरोनाबाट गम्भीर रुपले प्रभावित बनेका छन् । ५० औं हजार जनसंख्यामा कोरोना संक्रमण देखिँदा यी देशमा कोरोना सम्बन्धित तथ्यांकले के देखाउँछ त ? एक रिपोर्ट

हालसम्म कोरोनाबाट सबैभन्दा धेरै संक्रमण देखिएको चीनमा प्रति एक लाख जनसंख्यामा ६ जनामा कोरोना भाइरस देखिएको छ । पछिल्लो दिनमा कोरोनाबाट सर्वाधिक प्रभावित इटालीमा भने प्रति एक लाख जनसंख्यामा १ सय २३ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै स्पेनमा प्रति एक लाख जनसंख्यामध्ये १ सय २० जनामा, स्वीजरल्यान्डमा १ सय ३४ जनामा, अष्ट्रीयामा ६७ जनामा, बेल्जियममा ५४, जर्मनीमा ४७, फ्रान्समा ३८ नेदरल्याण्डमा ३७, इरानमा ३५ तथा अमेरिकामा २० जनामा संक्रमण पुष्टि भएको छ ।

कम्तिमा १ हजार संक्रमित देखिएको राष्ट्रमध्ये लक्जेमबर्गमा एक लाख जनसंख्यामा सर्वाधिक २ सय १२ जनामा संक्रमण देखिएको छ । त्यस्तै कम्तिमा एक कोरोना संक्रमण देखिएको देशमध्ये सान मारिनोमा एक लाख जनसंख्यामा सर्वाधिक ६ सय १३ जनामा कोरोना भाइरस देखिएको छ । सान मारिनोमा हालसम्म २ सय ८ जनामा कोरोना देखिइसकेको छ ।

पछिल्लो विवरण अनुसार हालसम्म भाइरसबाट विश्वभर ४ लाख ८९ हजार ९ सय ८० जना संक्रमित हुँदा २२ हजार १ सय ५४ को मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button