नयाँ नयाँ देशमा फैलिदै कोरोना, नेदरल्यान्ड र बेल्जियमलाई बिस्तारै गाँज्दै

पोखरा न्यूज ।  कोरोना भाइरसको महामारी बिस्तारै बिस्तारै विश्वव्यापी रुपमा फैलिन थालेको छ । पछिल्लो दिनहरुमा कोरोनाले नयाँ नयाँ देशलाई गाँज्दै जान थालेको तथ्यांकहरुले देखाएको छ ।

२५ हजार भन्दा बढी संक्रमित देखा परेका चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान र फ्रान्सबाहेक पनि युरोप र एसियाका देशहरुमा कोरोना संक्रमण व्यापक रुपमा फैलिन थालेको छ । उदाहरणका लागि पछिल्लो २४ घण्टामा बेल्जियममा १२ सय ९८, नेदरल्यान्डमा १ हजार १९, पोर्चुगलमा ५ सय ४९, अष्ट्रियामा ४ सय १३, स्वीजरल्यान्डमा ४ सय १९, स्वीडेनमा ३ सय १४ र इजरायलमा २ सय ९७ नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै एसियामा रसिया, साउदी अरब, थाइल्यान्ड र इन्डोनेसिया नयाँ कोरोना केन्द्रका रुपमा देखा पर्दै गएका छन् । पछिल्लो २४ घण्टामा रसियामा १ सय ८२ जनामा, साउदी अरबमा १ सय १२ जनामा, थाइल्यान्डमा १ सय ११ जनामा र इन्डोनेसियामा १ सय ३ जनामा नयाँ संक्रमण देखा परेको छ । त्यस्तै अफ्रिका महादेशमा दक्षिण अफ्रिका, घाना, ट्युनिसियामा पनि पछिल्लो दिनमा संक्रमण बढ्दै गएको देखिएको छ ।

दक्षिण अमेरिकाका ब्राजिल, चिली, इक्वेडरमा १ हजार भन्दा बढी कोरोना संक्रमित फेला परिसकेको छ भने उत्तर अमेरिकामा मेक्सिको, क्यानडा, कोस्टारिकालगायतका देशमा कोरोनाले बिस्तारै प्रभाव जमाउन थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button