कोरोना कोषमा सन्दीप लामिछानेको १ लाख सहयोग

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन ।

उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन ।

सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button