पोखरामा दमकल प्रयोग गरेर छरियो किटनाशक औषधी

पोखरा । कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिदचोकसम्मको सडकमा किटनासक औषधी छर्केको हो ।

लेकसाइड क्षेत्रमा किटनाशक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधी छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुंगा क्षेत्रमा पनि औषधी छरिएको थियो । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरु लगायत सडकका असिलो र घाम नलाग्ने ठाउँहरुमा किटनाशक औषधी छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनासक औषधी छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button