बेलायतका प्रधानमन्त्रीमा पनि देखियो कोरोना

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आफ्नै ट्वीटर ह्यान्डलबाट जानकारी दिदैँ जोन्सनले लेखेका छन्, “पछिल्लो २४ घण्टा देखि ममा सामान्य लक्षण देखिएको छ र कोरोना परीक्षण पोजिटिभ आएको छ ।” आफू सेल्फ आइसोलेसनमा रहेको र भाइरसविरुद्ध सरकारको नेतृत्व भिडियो कन्फरेन्सबाटै गर्ने पनि उनले जनाएका छन् ।

सबै एक भएर कोरोनालाई परास्त पार्ने बताएका उनले ह्यास्ट्याग मार्फत घरमै बसौँ जीवन बचाऔँ भन्ने सन्देश पनि ट्वीटमार्फत दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button