कोरोनाले जगाएको गाउँको माया कहिलेसम्मलाई ?

यहि नै आजको इम्तिहान भएका छन् ।
गॉंउ हेर्नुस् सुनौला बिहान भएका छन् ।।
सहर पनि त शहर झै हुंदैनन् यदा कदा
हेर्नुस् ति सहरहरु चिहान भएका छन् ।।।

आजकल परिवेश यसरी बदलिएको छ कि, शब्दमा बयान गर्न कठिन भएको छ । तमाम खेती योग्य जमीनहरुको छातीमा बुलडोजर लगाएर अंग–अंग भंग गरेर चारपाटा मुँडेर घडेरी बनाउदै बेचिए । अनि विकासको नाममा तिनै जमीनका टुक्राहरुमा विशाल तला तलाका घरहरु बन्दै रहे । मान्छेहरु माटो संग भयभीत भए । गॉंउसंग त्रसित भए अनि यसरी नै विस्तार विस्तार कंक्रीट नै कंक्रीटको वस्तीहरु सहरमा परिणत भए र यसैलाई सम्मृद्धी भन्दै गए । एवं रीतले खेतहरु घडेरी बन्दै गए ।

पहेँले, मनसरा, ठिमाहा, ताकमारे, झिनुवा, अनादी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्,  टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरीया, बर्मेली, एक्ले जस्ता रोजी र छाडी धान रोपेर, मंसिरमा मुरी र पाथीका थैला बोक्ने कॉंधहरुले आजकल बोरा का बोरा भारतीय छापाका बजारीया चामलहरु भित्राउने चलन नै भईसकेको छ । धेरै अवसर र संभावना बोकेका ठुला शहरहरु, तपॉंई हामी सबैको सपना र रहरहरु परिपूर्ती गर्ने सहरहरु कुरुप भैसकेका छन् ।

हिजो पुख्र्याैली घर र बारी बेचेर बुबा आमा आश्रममा पु¥याएर सहरमा महल ठड्याउनेहरु आफ्नै घर भित्र कैदी बनेका छन् । निसास्सिएर आकुल ब्याकुल बनेका छन् ।

जमीनको छातीमा कंक्रीट लेपेर बनाइएका ठूला महल र प्रलोभनका बालकोनीहरुमा टि–टेवल राखेर ब्रेकफास्ट गर्नेहरु अहिले कुम्लो बोकेर गॉंउ फर्किएका छन्, प्राण रक्षाको लागी । पटक–पटक गॉंउलाई गॉंउ भनेर हेला गर्नेहरु ठूला आकांक्षा बोकेर सहर छिर्नेहरुलाई मात्र जब–जब आपत विपत आउछ गॉंउको याद आउँछ । चाडपर्व आउँछ तब गॉंउको याद आउँछ । नभए हर साल दशैं तिहारमा सहरहरु नांगो किन हुन्छन् ? हिजो सहर बजारको भोक मेटाउने तमाम गॉंउहरुलाई सहरका खुल्ला चामल र रसायनिक तरकारिहरु ठुसाउने ती गॉंउका माटो बेच्नेहरु अहिले कोरोनाको त्रासमा प्राणको भीख माग्न गॉंउ गॉंउमा शरण माग्न पुगेका छन् ।

हिजो पुख्र्याैली घर र बारी बेचेर बुबा आमा आश्रममा पु¥याएर सहरमा महल ठड्याउनेहरु आफ्नै घर भित्र कैदी बनेका छन् । निसास्सिएर आकुल ब्याकुल बनेका छन् । सहरका महलहरु जतिसुकै अग्ला भए पनि अनिकालमा र यस्तै जटिल परिस्थितिमा भोक मेट्ने भकारीहरु कसैको दलानमा भेटींदैनन् । अनि बल्ल गॉंउको गैरीखेत र पाखा बारीको याद आउँछ । मान्छेहरु आफ्नो स्वार्थको लागी प्रकृतिको विनाश गर्छन् । अनि जब यसरी प्रकृतिसंग सामना गर्न मान्छेको क्षमताले भ्याउँदैन, अनि पुनः प्रकृतिकै शरणमा मान्छेहरु आफ्नै बचाउको लागी लम्पसार पर्छन् ।

गॉंउका मान्छेहरुसंग घडी होस या नहोस, समय सबैसंग हुन्थ्यो । सहरका मान्छेहरुको हात हातमा घडी किन नहोस आफ्नै परिवारलाई समय हुँदैनथ्यो ।

कहिलेकॉंही यस्तो लाग्छ कि मान्छे भन्नु नै जगतको सबै भन्दा स्वार्र्थी र तुच्छ प्राणी हो । विवेकशिल प्राणी भनेर चिनिए पनि आफ्नो स्वार्थ पूर्तिको लागी भर सक प्रकृितका सबै निश्चित नियमहरु मिचेर बॉंच्न चाहान्छ । पैदल हिंड्ने मान्छेलाई किडा मकौडा सरि कुल्चेर हिँड्ने बस ट्रक टिप्परहरु खै ? कता रछ्यानमा थन्किएका छन् । तिनै चार पैंयामा चढेर मान्छे किच्दै र मिच्दै हिड्नेहरु, आज मेसिन थन्क्याएर आफ्नै खुट्टाले हिंडेर दौडेर गॉंउ छिरेका छन् । मात्र, मरिन्छ भन्ने त्रासमा । गॉंउका मान्छेहरुसंग घडी होस या नहोस, समय सबैसंग हुन्थ्यो । सहरका मान्छेहरुको हात हातमा घडी किन नहोस आफ्नै परिवारलाई समय हुँदैनथ्यो । अहिल विपरीत बनेको छ ।

गॉंउको फराकिलो जमीन बेचेर सहरको केही हात बित्ताका जमीन किन्ने प्रलोभनमा नपरौं ।

गॉंउका घरको ढोका ढोकामा अतिथि देवो भव लेखिएको हुन्छ । सहरका घरका गेट बाहिर कुकुर देखि सावधान लेखिएको हुन्छ । यसैले हिंजो कुकुर देखाएर डराउने सहरियाहरुलाई आज गॉंउमा अतिथि बनाएर स्वागत गरेका छन् । यसरी गॉंउले आफ्नै  सन्तान सम्झेर पटक पटक आपत विपतको साहारा बनिरह्यो । चाडवाड, पर्व र महोत्सवमा मान्छेहरुको खुसीको हिस्सा बनि रह्यो । एक ताका जनयुद्धका बेला गॉंउ गॉंउमा कन्चटमा बन्दूक तेस्र्याउने हतियार धारीहरुलाई छातिमा घाउ खाएर भए पनि मरणमा शरण दिएको कुरा अझै पनि धेरैको मनमा ताजै छ । यसर्थ गॉंउको पर्यावरण मासेर, गॉंउको खेतबारी र कान्लाहरुलाई गए गुज्रेको जमीन भनेर हेलॉं नगर्नुहोस । गॉंउको फराकिलो जमीन बेचेर शहरको केही हात बित्ताका जमीन किन्ने प्रलोभनमा नपरौं । भलै सहर बजारका जमीनहरु करोडौंको किन नहोस, तर जिजु बाजेका पाला देखी दशौं पुस्ता सम्म चरेसका थालमा भोजन पस्किने हैसियत राख्ने गॉंउको जमीनको मोल अवस्य अमूल्य छ ।

गॉंउका बाटोहरु भलै टेडा मेडा हुन सक्छन् तर मान्छेहरु सिधा हुन्छन् । तर सहरका बाटो जति सिकै सिधा किन नहुन मान्छेहरु प्राय बाङ्गा हुन्छन् ।

यसपाली कोरोना भाइरसको त्रासकै कारण भए पनि गॉंउका ढल्न लागेका पुराना घरहरुले सन्तानहरु पाएका छन् । धमिराले खाएका खॉंबाहरुले टेको पाएका छन् मुसाले खोतलेका चुलोहरुमा आगो बलेका छन् । सॉंच्चिकै आँगनहरु आँगन जस्तै बनेका छन् । सायद कैयौं बुवा आमाका चाउरिएका गालाहरु हर्षले तन्किएका छन् । गॉंउको पुनर्जन्म भएको छ । त्यसैले यसपालीको गॉंउ बसाई सबैको लागी एउटा पाठ बनोस ।

यत्ति बुझौं, सहरहरु केवल गॉंउको मायाले काखी च्यापिएका सपनाको सहर मात्र हुन् । यथार्थमा गॉंउ प्राकृतिक हो तर सहर कृत्रिम हो । गॉंउका बाटोहरु भलै टेडा मेडा हुन सक्छन् तर मान्छेहरु सिधा हुन्छन् । तर सहरका बाटो जति सिकै सिधा किन नहुन मान्छेहरु प्राय बाङ्गा हुन्छन् । त्यसैले मानवीयता जीवित छ त गॉंउमा छ। अब फेरी गाउँलाई धोका दिएर बाङ्गो बन्न सहर फर्किने की  गाउँमा फर्किएको  खुसीलाई  स्थायीत्व दिलाउने तर्फ लाग्ने प्रश्न गम्भीर छ। कोरोनाले जगाएको गाउँको  माया कहिलेसम्म टिक्ला ? हरेक  गाउँले उत्तर खोजिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button