कोरोना, लकडाउन र मनोवैज्ञानिक असर

चीनको बुहानबाट उत्तपत्ती भएको कोराना भाइरस हाल संसारको १६२ भन्दा बढि देशहरुका फैलिसकेको छ । चीनमा कोरोना भाइरसले भयावह मच्चाउँदा पश्चिमाहरुले चीनको अर्थतन्त्र कमजोर हुन्छ भन्ने मात्र सोंचेका थिए । हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमण अमेरिका र युरोपमा फैलिरहेको छ भने चीनमा यसको प्रकोप घट्दो छ । पश्चिमाहरुले चीनलाई केहि आरोप लगाएतापनि आखिर  भाइरसले संसारका सबै जसो देशमा प्रवेश गरेरै छाड्यो ।

धेरैले आ–आफ्नै प्रकारको विश्लेषण गरिरहेका छन् । कोरोना भाइरस तेस्रो विश्वयुद्धको प्रतिक हो, जहाँ सेनाहरु हतियार लिएर होइन की चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु, मेडिकल्ली लडिरहेकाछन् । समय समयमा यस्ता भाइरसहरुको प्रभाव विश्वमा परिरहेको छ । विश्व स्वास्थ्य संगठनले यो पटक सहित पाँच पटक स्वास्थ्य संकटकालको घोषणा गरिसकोछ । चीनको अत्यन्त नजिक भौगोलिक सिमा जोडिएएका राष्ट्र नेपाल र भारतमा भने कोरोना भाइरसको संक्रमण अलि पछि मात्रै देखा परिरहेकोछ । ताकि अमेरिका र युरोपमा यो भाइरस  डढेलो सरि नै फैलिरहेको छ ।

इटालिमा कोरोना प्रकोपलाई देखेर विश्व लगायत नेपाल पनि निकै ससंकित बनेको छ ।

एक सय तीस करोड जनसंख्या भएको भारतमा  ७ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भैसकेको छ । नेपालमा पनि पौने तीन करोड जनसंख्यामा ४ जना संक्रमित देखिएका छन् । दुबईबाट आएर चैत ११ गते अस्पतालमा भर्ना भएका युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रवार  गरिएको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिए सँगै नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।  यसअघि तीन जनामा संक्रमण देखिएकोमा एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ। विदेशबाट आएका  नेपालीबाट नेपालमा यो भाइरसको प्रवेश भएको मेडिकल्ली प्रमाणित छ । इटालिमा कोरोना प्रकोपलाई देखेर विश्व लगायत नेपाल पनि निकै ससंकित बनेको छ ।

विश्वका शक्तिशाली र स्वास्थ्य सेवाको पहुँच भएका राष्ट्रहरुमा पनि कोरोनाको कडा प्रभावले राष्ट्र प्रमुखको अहमतालाई घूँडा टेक्न बाध्य बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई राजनीतिक मुद्धा सोंचे पनि नागरिक स्वास्थ्यमा संकट बेहोरिरहेका छन् । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा कोरोनाको संक्रमण थेग्न नसक्ने अनुमान जोकोहिले पनि गर्न सक्ने कुरा हो भने संयमितता भनौं वा नेपालीको भाग्य भनौं, हाल सम्म कोरोनाले ठुलो रुप धाराण गरेको छैन ।

कोरोनाका बिरामीहरुलाई उपचार गर्नको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच (पिपिई) को उपलब्धता नभएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्वरो आएका बिरामी  अस्पतालमा जादा हेर्न नमानेको जनगुनासो आएको छ । अधिकांश स्वास्थ्यकर्मीहरुले माक्स र पञ्जा  नपाएको भन्ने गुनासो पनि उतिकै  छ ।

अमेरिका र इटालिमा भएको प्रकोपलाई हेर्दा नेपालमा कोरोनाको प्रभाव बढ्यो भने नेपालले थेग्न नसक्ने क्षति हुने  विज्ञहरको अनुमान छ । सरकारले हर सम्भवको प्रयास गरेको भनिएता पनि तयारिमा ढिलाई भने पक्कै भएको छ । चिकित्सक वा स्वास्थ्य विशेषज्ञहरुसंग परामर्श र सहकार्यबाट सुरक्षा सावधानीका योजनाहरु बनाउनु पर्ने थियो । नीजि अस्पतालहरुसँग पनि सरकारले योजना सरसल्लाह उचित रुपले नगरेको भन्दै  केही अस्पतालहरुले कोरोना संक्रमित बिरामी नहेर्ने भन्ने हल्ला चलेको पनि छ । कोरोनाका बिरामीहरुलाई उपचार गर्नको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच ( पिपिई) को उपलब्धता नभएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्वरो आएका बिरामी  अस्पतालमा जादा हेर्न नमानेको जनगुनासो आएको छ । अधिकांश स्वास्थ्यकर्मीहरुले माक्स र पञ्जा  नपाएको भन्ने गुनासो पनि उतिकै  छ । पोखरा मात्र नभइ गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि स्वास्थ्यकर्मीले पञ्जा र ग्लोब लगायतका सुरक्षाका सामग्रीहरु नपाएको गुनासो व्यक्त गरेका छन्  ।

हुने खानेहरुको उच्च हैंसियतको खानपान र दिनचर्यालाई फेसबुकको डे स्टोरीमा देखिन्छ भने निम्नवर्गका  मजदुर र गरिबहरुको त्यो गरिवीको हविगत देखाउने  माध्यम समेत  उनीहरुसँग छैन । उनीहरुको यथार्थ देख्न झुपडी, बस्ती र टोलमा  चिआउनुपर्दछ  ।

ढिलै भएपनि  सुरक्षित वातावरण्को लागि सरकारले लकडाउन गरेको छ । लकडाउनको चारौ दिनमै जनजीवन कठिन बनिरहेको छ । हुने खानेहरुलाई त ठिकै छ । रमाइरहेको, मिष्ठान्न परिकार बनाएर खाइरहेको, टिकटक भिडियो बनाइरहेको, विविध घरयासी ब्यायम गरेको र प्रशन्नताको सचित्र सामाजिक संजालमा राखिरहेको पाइन्छ । मध्यम  तथा निम्न वर्गियहरुमा यो क्रम लम्बियो भने समस्य ठुलै पर्छ भन्ने चिन्ताले सताउन थालेको छ भने, न्यून वर्ग जसले दिनभर काम गरेर बेलुकी के खाउँ भन्नेहरुलाई यो भाइरस भन्दा पनि ठूलो अभाव र गरिबीको भाइरसले सताइरहेको छ । हुने खानेहरुको उच्च हैंसियतको खानपान र दिनचर्यालाई फेसबुकको डे स्टोरीमा देखिन्छ भने निम्नवर्गका  मजदुर र गरिबहरुको त्यो गरिवीको हविगत देखाउने माध्यम समेत उनीहरुसँग छैन । उनीहरुको यथार्थ देख्न झुपडी, बस्ती र टोलमा  चिआउनुपर्दछ  । उनीहरुको गुजारा  एक दुइ दिन त जेनतेन चल्छ होला  त्यसपछिको अवस्था नाजुक छ ।

भारत सरकारले प्रत्येक गरिब परिवारलाई पाँच हजार दिने र ८० करोड जन्सख्यालाई ३ महिना सम्म निसुल्क खाद्यान्न प्रदान गर्ने  घोषणा गरिरहेको बेला नेपालमा सरकारले विशेष प्याकेज ल्याउने कस्तो काम गर्दै होला भन्ने  चासोको विषय बन्न थालेको छ । राजनीतिक दलको नेपाल बन्दममा बरु मजदुरहरु लुकि–लुकि काम गरिरहेका हुन्थे यो लकडाउन त आफ्नै स्वास्थ्यको लागि हो त्यो पनि थाहा छ मजदुरहरुलाई । यसले जीवन रक्षामा ठूलो मनोवैज्ञानिक असर गरेको छ । आम मान्छेहरुलाई घरमा भित्रै बस्न गाह्रो, स्वास्थ्य कर्मीहरुमा आफुँ  संक्रमित भइन्छ की भन्ने भय र गरिब मजदुरहरुलाई हातमुख जोड्ने समस्यको मनोवैज्ञानिक संत्रास बढिरहेको छ । जति दिनहरु यसरी नै बढ्दै जान्छन् । यस प्रकारको मनोवैज्ञानिक असर पनि बढ्दै जान्छ ।

एउटा रोगको प्रकोपको संत्रासले अन्य रोगीको संख्या बढ्ने संभावना त्यत्तिकै छ । त्यसैले अहिले यो आम मानिसको मनोवैज्ञानिक समस्या बनेको छ ।

खाना नपाउनेहरुमा खानाको हाहाकार, खाना पाउनेहरुमा भित्रै बसेर धेरै खायो कसरत कम भएकोले मोटोपन तथा मधुमेह उच्च रक्तचाप बढ्ने अवस्था पनि पक्कै बढ्ने छ । दीर्घरोगीहरुले जस्तै सुगर प्रेसर  तथा मुटु रोगीहरुले स्वास्थ्य जाँच र औषधिको मात्रा अध्यावधि गर्न नपाउँदा थप अन्य स्वास्थ्य समस्य बढ्ने अवस्था छ । एउटा रोगको प्रकोपको संत्रासले अन्य रोगीको संख्या बढ्ने संभावना त्यत्तिकै छ । त्यसैले अहिले यो आम मानिसको मनोवैज्ञानिक समस्या बनेको छ । त्यसैले  गरिब उत्थान तथा आवश्यक उपकरण तथा सामग्रीहरुको व्यवस्थापनबाट सबैको मनोबल बढाउन आवश्यक छ । त्यसको लागि सरकारले गम्भीर ढंगले सोचेर  उचित कदम चाल्नु  आवश्यक छ भने  हामी सबैले सरकारले दिएका निर्देशनलाई पालना गर्दै  सरकारलाई पूर्ण तवरले  सहयोग गर्नुपर्ने खाँचो छ । संघियताको प्रयोगमा लागिरहेको नेपालले घर घरमा सरकार पुगेको अनुभव  संघियता मार्फत दिलाउनुपर्ने  वेला आएको छ ।  जनतामा भएको भय त्रास र  मनोवैज्ञानिक असरलाई निर्मुल पार्नुपर्ने बेला आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button