भारतमा ट्रकले ७ मजदुरलाई किच्यो, ४ जनाको मृत्यु

भारत । भारतमा लकडाउनले गर्दा हिँडेरै गाउँ फर्किरहेका चार मजदुरको ट्रकले किच्दा मृत्यु भएको छ ।

मुम्बई अहमदाबाद राजमार्ग अन्तर्गत भिरार भन्ने ठाउँमा शनिबार बिहान गाउँ फर्कदै गरेका ७ मजदुरलाई ट्रकले किचेकोमा ४ को मृत्यु भएको थियो भने अन्य ३ जना गम्भीर घाइते भएका छन् । दैनिक ज्यालादारीमा काम गर्दै आएका उनीहरु २१ दिने लकडाउनका कारण काम नपाएपछि घर फर्किरहेको जनाइएको छ ।

लकडाउनका बेला सवारी साधन पनि बन्द गरिएकाले राजमार्गमा बत्तीसमेत नबालिएको हुँदा अध्याँरोले गर्दा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गरिएको राष्ट्रव्यापी लकडाउनका कारण भारतमा लाखौँ मजदुर हिडेरै आफ्नो घरतर्फ लागेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button