जापान एयरलाइन्सका परिचारिकाले हिल र स्कर्ट लगाउन नपर्ने

जापान। अब जापान एयरलाइन्सका विमानमा परिचारिकाहरुले हाईहिल र स्कर्ट लगाउन नपर्ने भएको छ ।

जापानमा समानताको आह्वान गर्दै अघिल्लो वर्ष #kutoo नामक एक अभियानमार्फत ३२ हजार अनलाइन याचिका दर्ता भएपछि त्यसैको सम्मान गर्दै जापान एयरलाइन्सले सो निर्णय गरेको जनाइएको छ । कम्पनीले भनेको छ, “आगामी महिनादेखि परिचारिकाहरुले हिलजुत्ता नलगाई ट्राउजर लगाएर सेवा दिन सक्नेछन् ।”

जापान एयरलाइन्स यस्तो निर्णय गर्ने जापानको पहिलो ठूलो हवाईसेवा प्रदायक बनेको छ । कार्यक्षेत्रमा विविधता ल्याउने लक्ष्यका साथ यसको शुरूवात गरेको पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button