कास्कीमा एक पुरुष मृत फेला

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

माछापुच्छ्रे गाउँपालिका-९ चिन्नेस्वारा ठाडोखोलामा आज बिहान १०:३० बजेको समयमा ती अज्ञात पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ  ।

अन्दाजी ६० वर्षीय पुरुषको कुनै पहिचान फेला नपरेको पनि प्रहरीले बताएको छ । मृतकको पहिचानलगायत थप विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button