स्याङ्जामा करीब ४ सय क्वारेन्टाइनमा, एक घर फिर्ता

स्याङ्जा। कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३ सय ९८ पुगेको हो । तीमध्ये २७ जना क्वारेन्टाइनमा छन् भने एक जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र विदेशबाट आउनेको गाउँगाउँमा पुगेर खोज्ने कार्य चलिरहेकाले उपरीक्षक भण्डारीले जानकारी दिए ।

यसैबीच लकडाउनको अवज्ञा गरेर सवारी साधन चलाउने तीन कार र तीन मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिँदै भण्डारीले लकडाउनको पूर्णपालना गरेर सहयोग गर्न सबैमा आग्रह गरे । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button