कोरोना संक्रमण: स्पेनमा एकै दिन ८ सय बढीको मृत्यु

स्पेन। स्पेनमा विगत २४ घण्टामा ८ सय ३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५ सय व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा छ हजार ५ सय २८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७ सय ९७ रहेको छ भने यसमध्ये चार हजार ९ सय विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७ सय  व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ । मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार साँझसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या छ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९ सय २० जनाको मृत्यु भैसकेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button