चैत २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम हटाउन गरेको लकडाउनको अवधि  एक साता थप गरेको छ ।

आइतबार साँझ बसेको  मन्त्रिपरिषद्को बैठकले २५ गते रातको १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा  दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिको बैठकले १० चैत बिहान ६ बजेबाट १८ चैत लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले  मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्मका  विभिन्न  राहत तथा  सहुलियतको  घोषणा समेत गरेको छ  ।

नेपालमा हालसम्म  कोराना भाइरसको संक्रमण पाँच जनामा देखिएको छ। जसमध्ये एकजना भने निको भएर डिस्चार्ज भइसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button