फिलिपिन्समा स्वास्थ्य सामाग्री बोकेको हवाईजहाज दुर्घटनाग्रस्त, ८ को मृत्यु

फिलिपिन्स । फिलिपिन्समा स्वास्थ्य सामाग्री बोकेको एउटा सानो हवाईजहाज दुर्घटनाग्रस्त हुँदा सवार सबै ८ जनाको मृत्यु भएको छ ।

आइतबार राति राजधानी मनिलाको निनो एक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको टोकियोका लागि उड्न लागेको विमान टेक अफ गर्ने क्रममै दुर्घटनाग्रस्त भएको थियो । विमानमा आगोको मुस्लो लपेटिएपछि सवार दुई विदेशीसहित ६ फिलिपिनो नागरिकको जहाजमै मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा एक-एक जना अमेरिकी र क्यानेडेली नागरिकसहित एक डाक्टर, एक नर्स र एक फ्लाइटमेडिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै एक पाइलटसहित चालकदलका अन्य दुई जनाको पनि दुर्घटनामा ज्यान गएको जनाइएको छ ।

इन्डोनेसियाको विमान कम्पनी लायन एअरको फ्लाइट ५८८० को सो विमानले स्वास्थ्यकर्मीसहित कोरोना सम्बन्धित स्वास्थ्य सामाग्री बोकेको थियो । प्रत्यक्षदर्शीका अनुसार विमानमा रनवे मै आगो लागेको र विस्फोट पश्चात् झन् ठुलो आगलागी भएको थियो ।

लायन एअरले पछिल्लो समय एअर एम्बुलेन्स तथा एन्टी कोरोना कार्यक्रमका लागि मेडिकल सामान ढुवानी गर्दै आएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button