पाटन अस्पतालमा आइसियुमा राखिएका एक जनाको मृत्यु

काठमाडौं ।पाटन अस्पतालमा कोरोनाको आशंकामा भर्ना गरिएका एक बिरामीको मृत्यु भएको छ ।

धादिङ घर भएका ती युवक आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए । भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेका थिए । धादिङबाट पाटन अस्पताल रिफर भएका ती युवालाई आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ ।

उनको कोरोना परीक्षणका लागि नमुना पठाइएको र नतिजा आइनसकेको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button