अस्ट्रेलियामा कोरोनाका कारण जागिर गुमाएकालाई मासिक ३ हजार !

अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले कोरोनाका कारण जागिर गुमाएकाहरुलाई मासिक ३ हजारका दरले भत्ता दिने भएको छ ।

अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनका अनुसार संघीय सरकारले कोरोना महामारीका कारण काममा जान नपाएका ६० लाख अस्ट्रेलियनका लागि १३० खर्ब डलरको प्याकेज ल्याइएको हो । उक्त प्याकेजमार्फत आफ्नो आम्दानीको कम्तिमा ३० प्रतिशत गुमाएका रोजगारदाताहरुले आफ्ना कामदारलाई दिन भनेर प्रत्येक १५ दिन १५ सय डलरका हिसाबले पाउनेछन् ।

उक्त रकम प्राप्त गर्ने कामदारका हकमा भने उनीहरु कम्तिमा एक वर्ष उक्त व्यवसायमा संलग्न रहेको हुनुपर्नेछ र मार्च १ देखि रोजगारीबाट वञ्चित रहेको हुनुपर्नेछ । न्युजिल्यान्डका नागरिकले पनि सो रकम प्राप्त गर्नेछन् । यस कार्यक्रमबाट रोजगारदाताहरुले आफ्ना कर्मचारीलाई काममा रहिरहन मद्दत गर्ने विश्वास लिइएको छ ।

कम्तिमा ६ महिनाका लागि भनेर विनियोजन गरिएको उक्त प्याकेजलाई अस्ट्रेलियाको कर कार्यालयमार्फत कार्यान्वयन गरिने जनाइएको छ । यस व्यवस्था फुल टाइम कामदार, पार्ट टाइम कामदार, एकलौटी व्यवसाय, सामान्य कामदार सबैलाई लागू हुने पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button