वीर अस्पतालमा दुईको मृत्यु, पाटन अस्पतालमा एकको मृत्यु

काठमाडौं। कोरोनाको आशंका गरिएका दुई बिरामीको आज(सोमबार) वीर अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक ३४ वर्षीया महिला र एक ५० वर्षीय पुरुष रहेको जनाइएको छ । चन्द्रागिरी नगरपालिका घर भएकी महिलालाई निमोनियाको समस्या देखिएपछि हिजो अस्पताल ल्याइएकोमा आज बिहान मृत्यु भएको थियो । त्यस्तै ज्वरो आएर अस्पताल पुगेका पुरुषको आज दिउँसो मृत्यु भएको हो ।

दुवै जनाको कोरोना परीक्षणका लागि नमुना पठाइएको तर रिपोर्ट भने आइनसकेको जनाइएको छ । यस अघि आजै पाटन अस्पतालमा पनि एक कोरोनाको संक्रमण आशंका गरिएका एक ३४ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

उनीहरु तीनै जना हालसालै भारतबाट फर्किएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button