स्याङ्जाको भीरकोटमा कोरोना रोकथामका लागि विशेष सतर्कता

बसन्त बस्नेत, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड – १९ (कोरोना भाइरस)  को  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाएको छ ।

नगरपालिकाले वडा नं. १ मा रहेको कालिका सामुदायिक अस्पताल र कन्साइन्स बोर्डिङ स्कुल साथै वडा नं. २ मा रहेको भुपु सैनिक स्कुलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी दिपेन्द्र केसीले नगरपालिकामा अहिले  ४७ जना क्वारेन्टाइनमा रहेको र  विभिन्न वडाहरुका ४६ जना होम क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

क्वारेन्टाइनमा रहनेहरुको  नियमित स्वास्थ्य जाँच गरिएको र  कोरोना भाइरस संक्रमणसँग मिल्दो जुल्दो कुनै पनि लक्षण नदेखिएको प्रवक्ता केसीले बताए। स्थानीय एक जना पोखरामा क्वारेन्टाइनमा नै रहेको र उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको केसीले जनाएका छन्।

नगरपालिकाले  भाइरस संक्रमण तथा रोकथामका लागि भारत लगायत विभिन्न मुलुकहरुबाट यहाँ आएका व्यक्तिहरुलाई  अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेको र सबैलाई  सोसल डिस्ट्यान्सिङ कायम राख्न आग्रह गर्दै खानपान तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन आग्रह गरेको उनले बताए ।

सर्वसाधारणमा दैनिक उपभोग्य सामाग्रीको कमी हुन नदिनका लागि निश्चित समय तोकेर सुरक्षा सतर्कता अपनाई किनमेलको व्यवस्था मिलाएको नगरपालिकाले अति विपन्न, असहाय तथा वृद्ध र दैनिक मजदुरी गर्नेहरुलाई ध्यानमा राखी दैनिक खाद्यान्नका सामाग्रीहरु वितरण गर्ने निर्णय गरेको छ ।

भाइरस संक्रमण फैलिन नदिनका लागि औषधि छर्ने र जनचेतनाका लागि माइकिङ गर्ने कामलाई तिब्रता दिएको पालिकाले सूचना सम्प्रेषणका लागि टोल विकास संस्थाका अध्यक्षहरुलाई सञ्चार शुल्क प्रदान गर्ने निर्णय समेत गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button