अन्तत: चौतर्फी दवाब र प्रयासपछि पोखरा आइपुग्यो कोरोना परीक्षण मेसिन

पोखरा । पोखरा न्यूजले चैत १६ गते आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने (पीसीआर) मेसिन र पोखरामा भएको तयारीबारे प्रश्न गर्दै  पोखरामा हुने भनिएको कोरोना परीक्षण खोई? गण्डकी प्रदेशले परीक्षण मेसिन नै पाएन ! शीर्षकमा समाचार प्रकाशित गर्यो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले नै कोरोना परीक्षण गर्ने पीसीआर मेसिनका लागि प्रयास भैरहेको जनाइरहदा सोही दिन  बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले पीसीआर मेसिन गण्डकी प्रदेश बाहेकका चार वटा प्रदेशलाई प्रदान गर्ने निर्णय गरेपछि  सम्वन्धित पक्षलाई दवाव दिने हिसावले समाचार प्रकाशित भयो ।

सोही समितिको अघिल्लो बैठकले पोखराको  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोभिड-१९ को परीक्षण सुरू गर्ने भनि गरेको निर्णयलाई समेत वेवास्ता गर्दै  सरकारले चीनबाट ल्याएका पाँच थान पीसीआर मेसिनमध्ये एक थान काठमाण्डौमै स्टक राखेर अन्य  प्रदेशलाई मात्र  दिने निर्णय सार्वजनिक भएपछी पोखरा न्यूजले  समाचारबाटै खबरदारी गर्यो।

समाचारमै उल्लेख भएको बिषयलाई लियर यस क्षेत्रका नागरिक, बुद्धिजीवी र सरोकारबालाहरुले समेत आवाज उठाए । जसको फलस्वरूप गण्डकी प्रदेश सरकारले तदारुकताका साथ थप पहल थालेपछि पीसीआर मेसिन पोखरा आइपुगेको छ । समाचारमा गण्डकी प्रदेशले परीक्षण मेसिन नै पाएन भनेर सार्वजनिक भएपछि पनि आफुहरुले ठुलो जोडबल गरेर सरकारले स्टक राख्ने भनेको  (पीसीआर) मेसिन पोखरा ल्याएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले पोखरा न्यूजलाई बताए।

‘पछिल्लो उच्चस्तरीय समितिको बैठकको निर्णयले नै पीसीआर मेसिन हामीलाई दिने भनेर नतोकेपछी हामीले ठुलो जोडबल गरेर चाइनाबाट ल्याइएका ५ वटा मेसिन मध्येको एउटा स्टक मेसिन पोखरा ल्याएका छौ’, निर्देशक  शर्माले भने । निर्देशक  शर्माले थपे , ‘तपाइँहरुले मिडिया मार्फत भन्नुभयो ,उच्चस्तरीय समितिको बैठकको निर्णय सबै जनतालाई थाहा छदै छ,  हामीले हनुमान पावर लगायर मेसिन अहिले ल्याएका छौ, अव तुरुन्त पोखराबाटै कोरोनाको परीक्षण सुरु हुन्छ।’

तस्बिर : तोरण बानियाँ

पोखरामा काठमाण्डौबाट ३ महिनाको लागि २ जना दक्ष प्राविधिकहरु आएको बताउदै निर्देशक शर्माले पूर्ण सुरक्षाका साथ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावबाट कोरोना परीक्षण हुने बताए । परीक्षणको लागि ल्यावलाई चाहिने थप सामग्री सोमबार बेलुका नै पोखरा आइपुएको जनाउदै निर्देशक शर्माले अब तिब्र गतिमा ल्यावको काम थालेर परीक्षण सुरु गरिने जनाए ।

यस क्षेत्रको लागि  १ हजारको सङ्ख्यामा व्यक्तिगत सुरक्षा उपकरण  र २० हजारको हाराहारीमा मास्क गाडी मार्फत  आउदै गरेको बताइएको छ ।

सम्वन्धित खबर:-

पोखरामा हुने भनिएको कोरोना परीक्षण खोई? गण्डकी प्रदेशले परीक्षण मेसिन नै पाएन !

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button