भारतको स्वास्थ्य मन्त्रालयले माग्यो २१ लाख पिपिई, देश भित्रै उत्पादन गरिने

भारत। कोरोना भाइरसको महामारीसँग जुध्न भारतको स्वास्थ्य मन्त्रालयले आफ्ना स्वास्थ्यकर्मीका लागि २१ लाख पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) को माग गरेको छ ।

उसले आफ्नै देशका कम्पनीलाई सो संख्यामा पिपिई निर्माण गर्न माग आह्वान गरेको हो । अब भारतकै ११ वटा कम्पनीले पिपिई बनाएर देशभरको माग धान्नेछन् । हाल ६० हजार पिपिई देशभर वितरण गरिसकिएको जनाइएको छ । कोरोना महमारीका बेला पिपिई, मास्क, भेन्टिलेटर जस्ता अनिवार्य सामाग्रीको अभाव हुन नदिन भारत सरकारले आन्तरिक उत्पादन, खरीद र ढुवानीमा विशेष ध्यान दिएको पनि जनाइएको छ ।

अहिले ११ कम्पनीले दैनिक ५ देखि ७ हजार पिपिई उत्पादन गरिरहेकोमा अबको एक हप्तामा उत्पादनलाई दोब्बर भन्दा बढीले वृद्धि गर्दै १५ हजार पुर्याइने लक्ष्य रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार नै अर्को एक नयाँ कम्पनी पनि थपिएको र त्यहाँ ५ लाख पिपिई अर्डर गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

यस अघि भारतमा पिपिई नबानाइएको भएतापनि कोभिड-१९ को महामारीलाई व्यवस्थापन गर्ने हेतुले देश भित्रै ठुलो मात्रामा उत्पादन थालिएको पनि बताइएको छ । पछिल्लो समय देशभर माग बढेको तथा कैयौं अस्पतालमा पिपिई नभएको गुनासो आएसँगै भारत सरकारले उत्पादन थालेको हो ।

त्यस्तै भारतमै ४० हजार भेन्टिलेटर निर्माणका लागि पनि आवेदन दिइएको जनाइएको छ । भारतका आग्भा हेल्थकेयर र भारत इलेक्ट्रोनिक्स लिमिटेडले भेन्टिलेटर निर्माण गर्नेछन् । त्यस्तै चीनबाट पनि १० हजार भेन्टिलेटर मगाइनेछ ।

भारतमा हाल ३ लाख ३४ हजार थान पिपिई र १४ हजार भेन्टिलेटर रहेको तथ्यांक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button