कोभिड-१९: इटालीमा एकैदिन ८ सय १२ को मृत्यु अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार

पोखरा न्यूज । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८ सय १२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५ सय ४९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

मङ्गलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख ६४ हजार २५३ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या सात हजार ७१६ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८७ हजार ९ सय ५६ पुगेका छन् । यहाँ सोह्र हजार ७ सय ८० नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

संयुक्त राज्य अमेरिकामा तीन हजार १ सय ६७ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर सात लाख ८५ हजार ८ सय ७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३७ हजार ८ सय २० नागरिकको ज्यान गएको छ ।

मङ्गलबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ६५ हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ५ सय १८ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण २ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । हाल ४१ हजार ४ सय ९५ जना सङ्क्रमित रहेका छन् । तेह्र हजार ९ सय ११ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ६ सय ४५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६६ हजार ८ सय ६५ जना सङक्रमित रहेका छन् । यहाँका तेह्र हजार ५ सय  उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण तीन हजार २४ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४४ हजार ५ सय ५० सङ्क्रमित रहेका छन् । यहाँका सात हजार ९ सय २७ नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार ४ सय ८ व्यक्तिको मृत्यु भएको छ । यहाँका २२ हजार १४१ सङ्क्रमित भएका छन् । यहाँका करिब १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ५९ व्यक्तिको मृत्यु भएको छ । पन्ध्र हजार ९ सय २२ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ८ सय २३ जना भने उपचारपछि घर फर्किएका छन् ।

नेडरल्याण्डमा यस सङ्क्रमणबाट ८ सय ६४ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ७ सय ५० सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण ५ सय १३ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ८ सय ९९ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ५२७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ६२ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ७ सय ८६ सङ्क्रमित भएका छन् । पाँच हजार ४ सय ८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १ सय ६८ मृत्यु भएको छ । दश हजार ८ सय २७ सङ्क्रमित भएका छन् ।
अष्ट्रियामा १ सय ८ मृत्यु हुनुको साथै नौ हजार ६ सय १८ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा यस सङ्क्रमणबाट १ सय ६५ मृत्यु हुनुको साथै चार हजार ६ सय ६१ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १ सय ४६ मृत्यु हुनुको साथै चार हजार २८ सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट १ सय ४० मृत्यु भएको छ । छ हजार ४ सय ८ सङ्क्रमित भएका छन ।

क्यानाडामा सङ्क्रमणबाट ९२ को मृत्यु हुनुको साथै सात हजार ४ सय ७४ सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३ सय ९५ सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५६ मृत्यु भएको छ । एक हजार ९ सय ५३ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा ३२ को मृत्यु भएको छ । एक हजार २ सय ५१ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा २१ मृत्यु भएको छ । एक हजार ७ सय १७ सङ्क्रमित भएका छन ।

यस प्रकोपबाट रोमानियामा ६५ हुनुको साथै दुई हजार १ सय ९ सङ्क्रमित भएका छन् । , आयरल्याण्डमा ५४ व्यक्तिको हुनुको साथै दुई हजार ९ सय १० कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट मलेसियामा ३७, नर्वेमा ३२, पेरुमा २४, अष्ट्रेलियामा १९, पोल्याण्डमा २२, इजरायलमा १६ थाइल्याण्डमा ९, रुसमा ९, चिलीमा ८, सिङ्गापुरमा ३, लगायतको मृत्यु भएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button