आजको मौसम : दिउँसो पहाडी क्षेत्रमा मेघ गर्जनसहित हावाहुरी र पानी

काठमाडाैं : मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा यतिबेला पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ ।

बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा रहेको छ । महाशााखाका अनुसार अपरान्हपछि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित न्यूज

Back to top button