नायक अनमाेल केसी विरूद्द ठगीकाे उजुरी

काठमाडाैं : नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी गरेको भन्दै उजुरी परेको छ । अनमोल विरुद्ध ‘धुपौरे’ फिल्म खेल्ने सहमति गरेर पाँच लाख रुपैयाँ एडभान्स लिएको, पछि फिल्म नखेलेको अनि फिल्म नखेलेपछि एडभान्समा लिएको पाँच लाख फिर्ता नगरेर ठगी गरेको भन्दै उजुरी परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीविरुद्ध जाहेरी दिएका हुन् ।

निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ फिल्मका लागि रु ४० लाखमा सम्झौता गरेका थिए । केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Back to top button