काेराेनाकाे त्रास : क्वारेन्टाइनमा रहेका १७५ जनालाई आज घर पठाउने तयारी

काठमाडौं : कोरोनाको उत्गम स्थल चीनको वुहान प्रान्तबाट नेपाल ल्याइएर भत्तपुरको खरिपाटीको क्वारेन्टाइनमा राखिएकाहरुलाई आज घर फर्काउने तयारी गरिएको छ।

चीनबाट ल्याइएका १७५ जना नेपालीलाई आज दोस्रो पटक स्वास्थ्य जाँच गरी घर पठाउन लागिएको हो। यस अघि चीनबाट ल्याउने वित्तिकै १४ दिन अघि स्वास्थ्य परिक्षण गर्दा उनीहरु सबै स्वस्थ भेटिएका थिए। आज उनीहरुको रिपोर्ट नर्मल आए घर पठाइने स्वास्थ्यमन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ सय ७५ जनामध्ये एक जनामा मात्रै कोरोना सङ्क्रमणको लक्षण देखियो भने पनि सबैलाई फेरि अर्को १४ दिन क्वारेण्टाइनमा राख्नुपर्ने हुन्छ ।

सम्बन्धित न्यूज

Back to top button