गण्डकीलाई उज्यालो प्रदेश घोषणा गरिने

काठमाडाैं :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा प्रदेशका सम्पूर्ण घरधूरीमा बिजुली बत्ती र आधारभूत खानेपानीको प्रबन्ध गरिने बताएका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ र २ लाई जोड्ने गरी खारपानीस्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै उनले प्रदेशका पाँच लाख ८७ हजार २ सय १९ घरधूरीमा नै खानेपानी र बिजुली बत्तीको प्रबन्ध गर्ने अभियानका साथ सरकारअघि बढेको उल्लेख गरे।

सरकारको पहिलो निर्णय दुई वर्षभित्र खानेपानी र बिजुली बत्ती पु¥याउने भएपनि तथ्यांक संकलनमा ढिलाइ हुँदा एक वर्ष समय खर्चिनुपरेकाले आगामी वर्ष सबै घरधूरीमा बत्ती र पानीको प्रबन्ध गर्नका लागि चालू वर्षमा ३४ खानेपानी आयोजना शुरुआत गरिएको तथा नेपाल विद्युत् प्राधिकरणको बुटवल र पोखरा क्षेत्रीय कार्यालयसँग प्रशारणलाइन पु¥याउने गरी सम्झौता भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए।

राष्ट्रिय प्रशारणलाइन पुग्न ढिलाइ हुने मुस्ताङ र उत्तरी गोर्खाका केही गाउँमा सोलार प्यानलबाट बत्ती लैजाने योजना रहेको बताउँदै उनले भने, ‘धेरै बिजुली उत्पादन गर्ने प्रदेश भए पनि यहाँका नौ प्रतिशत घरमा बिजुली नपुग्दा टुकी बाल्नुपर्ने बाध्यताको अन्त्य गरी अर्को वर्ष गण्डकी प्रदेशका सम्पूर्ण घरमा बिजुली पु¥याएर उज्यालो प्रदेश घोषणा गर्दछौँ।’  रासस

सम्बन्धित न्यूज

Back to top button