सुनको मुल्यमा भारी वृद्धि, एकै दिन २२ सयले बढ्यो

पोखरा न्यूज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५ सय  पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २ सय  निर्धारण गरिएको छ ।

महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३ सय  र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु २० ले बढेको छ । चाँदीको मूल्य प्रतितोला रु ८ सय ८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Back to top button