लमजुङमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पोखरा न्यूज । लमजुङमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

लमजुङको राइनास नगरपालिका-७ बाङ्गेचौर घर भएका सुरज सार्कीका १४ वर्षीय छोरा अनिल नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । आज आइतबार  दिउँसो पौडी खेल्ने भनेर चेपे खोला गएका अनिलको गगटे भन्ने ठाउँमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button