अविनास घिसिङको नयाँ गीत ‘माथिल्लो लेकमा’ सार्वजनिक (भिडियो सहित)

पोखरा । केहि वर्षको अन्तरालमा पप गायक अविनास घिसिङले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत हालै सार्वजनिक भएको हो । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनाश सहित सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङ फिर्चड छन् । गीतको भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन ।

गायक अविनास कै शब्द तथा संगीत रहेको गीतमा एक रसिया र एक इजरायल कलाकारहरु कोरशमा हेर्न पाइन्छ् । नेपाली सेलो टनमा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका छन् । गीतको छायाकंन चितवन र तनहुँको बन्दिपुरमा गरिएको हो ।

क्याटमाण्डौ इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा मोहित मुनालको ध्वनी संयोजन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ । यसअघि गायक घिसिङको ‘लाइसेन्स ठेक्का’ दर्शकले एकदमै रुचाएका थिए । गायक घिसिङ आठ वटा एल्बम बजारमा आइसके । नयाँ प्रयोग गरिएकोले दर्शक श्रोताको माया पाउने घिसिङको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button