अष्ट्रेलियाबाट दीपक भन्छन् ‘जान्छु नेपाल जान्छु’ (भिडियोसहित)

पोखरा न्यूज । लोकगायक दीपक थापा यतिबेला अष्ट्रेलियामा छन् । तहाँ रहेर सँघर्ष गरिरहँदा उनलाई कतिपटक लाग्छ, ‘अब नेपालमै जान्छु’ । तर कर्म गर्न गएका उनी तुरुन्त नेपाल फर्कन सम्भव छैन । यहि क्रममा उनले आफ्नो दुखको वह गीतमार्फत पोखेका छन् ।

‘सुख खोज्न विदेशमा पसियो, झन् दुखको खाडलमा फँसियो जान्छु नेपाल जान्छु, देशकै लागि मर्छु, देशमै केही गर्छु सुख शयल चाहिँदैन, बरु एकछाक खान्छु’ बोलको गीत मार्फत उनले परदेशीनुको कारण र परदेशी भैसकेपछिको तितो अनुभवलाई पोख्दै नेपालमै केही गर्न सुझाएका समेत छन् ।

आवाजमाा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् । बिष्णु न्यौपानेको शब्दमा सागर विरहीले संगीत दिएका हुन् । नेप्को इन्टरटेनमेन्ट प्रालिले यसको डिजिटल बजार व्यवस्थापनको जिम्मा पाएको छ ।

गीतको म्यूजिक भिडियो समेत तयार भैसकेको छ । म्यूजिक भिडियोमा मोडल विमल अधिकारी, रन्जिता गुरुङ, जीतसागर रावत र आयुष्मा कार्कीको अभिनय हेर्न पाइन्छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुमा’ले निर्देशन गरेका हुन् ।

सम्बन्धित न्यूज

Back to top button