पोखरा स्पोर्टस् अवार्ड : ११ उपसमिति गठन

पोखरा न्यूज । टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको बुधबार बसेको १७ औं बैठकले विभिन्न ११ उपसमिति गठन गरेको हो । मञ्चले यसअघि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिसकेको थियो ।

मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित सल्लाहकार उपसमिति सदस्यमा कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी छन् ।  समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्ष समेत सदस्य छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी, आर्थिक उपसमिति संयोजकमा मञ्च कोषाध्यक्ष शशीकुमार पौडेल, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव विजय नेपाल, मायाको चिनो, प्रमाणपत्र एवं प्राविधिक व्यवस्थापनमा उपाध्यक्ष रञ्जन अधिकारी, सांस्कृतिक उपसमितिमा सचिव राजाराम पौडेल, संघसंस्था समन्वयमा कार्यसमिति सदस्य नारायण शाही, अतिथि सत्कारमा सदस्य कविता घर्तीमगर, भिडियोग्राफी÷फोटोग्राफीमा सदस्य गीता राना, स्वयंसेवकमा दीपक गोदार संयोजक चुनिएका छन् । सम्बन्धित उपसमिति संयोजकले कम्तीमा ३ सदस्य स्वयं छनोट गर्नेछन् ।

यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि प्रतिभा छनोट संयोजकमा दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने, पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव छन् ।  स्पोर्टस् अवार्डको उत्कृष्ट ३ मनोनयनका लागि छनोट समिति समेत गठन गरिएको छ ।

बतास ब्रदर्शको मुख्य प्रायोजनमा पोखरा सभागृहमा हुने टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा विगतमा झंै ८ विधामा अवार्ड प्रदान गरिने छ । जसअनुसार लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन् ।

विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदैआएको छ । विगतमा झैं यसपालि पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्णलाई मञ्चले सहयोगको आग्रह गरेको छ ।

Back to top button