कोरोना भाइरसबारे सचेत गराउदै गोरखामा नि:शुल्क मास्क वितरण

गोरखा  । कोरोना भाइरसबारे सचेतना गराउदै गोरखामा  निशुल्क मास्क वितरण गरिएको छ । सर्वसाधारण नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमबाट जोगिनको लागि सचेतना गराउदै  दुई हजार मास्क निःशुल्क वितरण गरिएको हो  ।

मनकामना यातायात प्रालीले बुधवार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसबाट सुरक्षित रहने उपायसहित मास्क वितरण गरेको  प्रालीका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

“सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सार्वजनिक सवारी साधनका चालक, सहचालक .तथा सर्वसाधारण नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन सकिने विधिका बारेमा जानकारी दिँदै जनचेतनामूलक पर्चा पनि हातहातमा प्रदान गरिएको हो”, उनले भने , “यसबाट सबै नागरिकलाई पहिले आफैँ सचेत हुनुपर्छ भन्ने सन्देश दिन्छ भन्ने हामीलाई लागेको छ ।”

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यस्ता खालका भाइरस सर्नसक्ने खतरा बढी हुने भएकाले यात्रु, चालक र सहचालकले विशेष सुरक्षाका उपाय अपाउनुपर्ने भन्दै यातायातका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अभियानको शुरुवात गरिएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button