७३ देशका नागरिकलाई जापान आउन प्रतिबन्ध

जापान ।जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिका, चीन ल्गायत ७३ देशका नागरिकलाई जापान आउन प्रतिबन्ध लगाएका छन् ।

यस अघि २४ देशलाई मात्र प्रतिबन्धित गरिएकोमा बुधबार अरु थप ४९ राष्ट्रका नागरिकलाई जापान आउन प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित देशहरुमा चीन, अमेरिकासहित क्यानडा, दक्षिण कोरिया, ७ दक्षिणपूर्वी मुलुकलगायत रहेका छन् । त्यस्तै आबेले ७३ बाहेक अन्य देशबाट आएका विदेशी तथा आफ्नै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने पनि बताएका छन् ।

आबेले पछिल्ला दिन जापानमा नयाँ कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको र त्यहाँको मेडिकल प्रणालीलाई अत्यधिक चाप पुर्याएको पनि उल्लेख गरे । जापानमा आपत्कालीन अवस्थाको घोषणा गर्न दबाब आए पनि त्यसले देशमा आर्थिक प्रभाव पार्ने हुनाले सरकारले त्यसबारे विचार गरिरहेको पनि आबेले बताए ।

जापानको राजधानी टोकियोमा मात्रै बुधबार ६५ नयाँ कोरोना संक्रमीत भेटिएको थियो । हालसम्म जापानमा २१ सय भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ५७ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button