तनहुँका थापाको कोरोना रिपोर्ट नेगेटिभ

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड -१९ ) नतिजा नेगेटिभ आएको छ ।

ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।  सोमबार स्वाब सङ्कलन गरिएकोमा बुधबार प्राप्त भएको रिपोर्ट अनुसार थापामा कोरोना सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

दुई हप्ता अगाडी भारतबाट फर्किएका थापालाई ज्वरो आएको थाहा पाएपछि गाउँपालिकाले आइतबार परीक्षणका लागि पोखरा पठाएको थियो ।  उक्त दिन प्रतिष्ठानले उनलाई भर्ना नलिएपछि उनले प्रतिष्ठान प्राङ्गणमा रात बिताएका थिए । उनको बारेमा विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि सोमबार प्रतिष्ठानले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button